
काठमाडौँ, १ साउन । काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
बा ३५ प ६४३० र बा ६० प १७८८ नम्बरका बाइक आपसमा ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जानकारी दिएको छ ।
उनीहरुलाई केएमसी अस्पताल लगिएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।















प्रतिक्रिया