५ कार्तिक २०८३, बिहिबार

म्याग्दीमा सलह किरा छपक्कै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।

पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएको किसानहरुले बताएका छन् ।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका कृषक सागर खत्रीले बताए । ’चाररपाँच लाखभन्दा धेरै सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ,’ उनले भने, ’भगाउने प्रयास गर्दा गर्दै बाली र बोट बिरुवाको पात नष्ट गरेको छ ।’

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको खत्रीले बताए ।

बुधबार बिहानै खेतबारीमा देखिएको सलहले सबैभन्दा बढी मकै बालीमा क्षति पु¥याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ ।

दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो । –रासस