२ कार्तिक २०८३, सोमबार

पठाओका संस्थापक फहिम सलेह शरीर छिन्नभिन्न अवस्थामा मृत फेला

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । अन्तर्राष्ट्रिय राइड शेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेह अमेरिकाको न्युयोर्कमा मृत फेला परेका छन् ।

उनको शरीर विखण्डित अवस्थामा फेला सोमबार परेको बताइएको छ ।

प्रहरीले आधिकारिकरुपमा केही बताएको छैन । सलेह संस्थापक रहेको अर्को कम्पनी गोकाडाले भने बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी गोकाडाका सीईओ पनि थिए ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सीसीटीभी फुटेजमा उनी मास्क लगाएका एक मानिससँग लिफ्टमा प्रवेश गर्दै गरेको देखिएको छ । उनको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा फेला परेको थियो । नजिकै एक विद्युतीय आरो पनि फेला परेको थियो ।

३३ वर्षीय सलेह बंगलादेशी आप्रवासीका छोरा थिए । उनले माध्यमिक शिक्षा लिँदै गर्दा पहिलो कम्पनी खोलेका थिए ।

उनले अन्य साथीहरुसँग मिलेर सन् २०१५ मा पठाओको स्थापना गरेका थिए । जुन, अहिले नेपाल र बंगलादेशमा लोकप्रिय छ ।

पछिल्लो समय उनले नाइजेरियामा मोटरबाइक ट्याक्सी एप गोकाडा पनि खोलेका थिए । –बीबीसी