
काठमाडौँ, ३१ असार । वातावरण सहज बने लामो दूरीका सवारी पनि सञ्चालन गर्न सकिने यातायात व्यवसायीहरुले प्रस्ताव गरेका छन् ।
वुधबार यातायात व्यवस्था विभागमा सरोकारवालासँगको छलफलमा यातायात व्यवसायीहरुले यस्तो बताएका हुन् ।
आफूहरुसँग परामर्श नगरी सरकारले यातायात सञ्चालनको निर्णय गरेको भनेर रुष्ट भएका व्यवसायीहरुले वातावरण सहज बने लामो दूरीको सवारी पनि चलाउन सकिने जनाएका हुन् ।
उनीहरुले आफ्नो मागप्रति सरकार सकारात्मक बने स्वस्थ यात्राको वातावरण बने लामो दूरीको यातायात सञ्चालन गर्न सकिने प्रस्ताव छलफलमा रहेको जनाइएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि गत चैत ११ गतेदेखि भएको लकडाउनले सवारी साधनहरु चलेका छैनन् ।
यातायात व्यवस्था विभागमा छलफलका लागि यातायात कार्यलयका प्रतिनिधिहरु, यातायात व्यवसायी, उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिहरु, ट्राफिक प्रहरी प्रमुख, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया