२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली अचानक स्थायी कमिटी सदस्यसँग छलफल गर्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रचण्डसँगको छलफलमा कुनै निष्कर्ष ननिस्केपछि प्रधानमन्त्री ओलीले लगत्तै स्थायी कमिटी सदस्यहरुलाई बोलाएको स्रोतले जनाएको छ । छलफलमा सबै पक्षका सदस्यहरु रहेका छन् ।

प्रधानमन्त्री ओलीले देवेन्द्र पौडेल, जनार्दन शर्मा, गोकर्ण विष्टलगायतसँग छलफल गरिरहेको बताइएको छ ।

स्थायी कमिटी सदस्यहरुलाई अचानक प्रधानमन्त्री ओलीले किन बोलाएका हुन् भन्ने केही खुलाइएको छैन । तर पार्टीमा चुलिएको आन्तरिक विवादकै विषयमा छलफल हुनसक्ने बुझिएको छ ।