
काठमाडौँ, ३१ असार । नेपालमा वुधबार थप ६ सय ९७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
यससँगै उपचारपछि निको हुनेको संख्या ११ हजार २४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यसरी ६४.२ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गत २४ घण्टामा थप १ सय १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ ।















प्रतिक्रिया