
काठमाडौँ, ३१ असार । नेपालमा वुधबार थप १ सय १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएका परीक्षणमा थप १ सय १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ सय ९७ जना संक्रमणमुक्त भएका छन् । यससँगै निको हुनेको संख्या ११ हजार २४ जना पुगेको मन्त्रालयले जनाएको छ । यसरी हेर्दा ६४ प्रतिशत संक्रमित निको भएका छन् ।
गएको २४ घण्टामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म २ लाख ९८ हजार बढीको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, हालसम्म कोरोनाका कारण ३८ जनाको ज्यान गएको छ ।















प्रतिक्रिया