५ कार्तिक २०८३, बिहिबार

विप्लव समूहका केन्द्रीय सदस्यसहित २ पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३१ असार । नेत्रविक्रम चन्द विप्लवको नेकपा समूहका २ जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र पूर्णिमा भन्ने महिला नेतृ गौरा धामी पक्राउ परेका हुन् ।
उनीहरुलाई वुधबार विहान प्रहरीले धनगढी नजिकैबाट पक्राउ गरेको हो ।

गौरा नेकपाको अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती(महाकाली ब्युरो इन्चार्ज हुन् । उनीहरुलाई धनगढी उपमहानगरपालीका ७, बेलीनजिकै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रदेश २(०३(००५ प ९५९७ नम्बरको मोटर साइकल र एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एक राउन्ड गोली पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।