
काठमाडौँ, ३१ असार । सरकारले पर्साको अयोध्यापुरीमा उत्खनन गर्ने भएको छ । पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्न लागिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका अयोध्यापुरी नै सक्कली अयोध्या भएको दावी गरेपछि पुरातत्व विभागले उत्खनन गरेर सत्य तथ्य पत्ता लगाउने भएको हो ।
विभागका अनुसार प्रधानमन्त्रीले बोलेपछि उत्खनन गर्नैपर्ने अवस्था आएको जनाइएको छ । माथिबाट निर्देशन आउनासाथ काम अगाडी बढाउने विभागको तयारी रहेको छ ।
विभागसँग भएको बजेट कम भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने विभागको भनाइ छ ।
अयोध्यापुरीको उत्खनन गरेपछि मात्रै रामको जन्म भूमि हो कि होइन भन्ने यकिन हुने जनाइएको छ ।
हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आश्रम छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । स्थानीय तहबाट पर्यटन प्रवद्र्धनको लागि आर्थिक सहयोग हुने गरेपनि हालसम्म पुरातत्वले खोज अनुसन्धान गरेको छैन ।















प्रतिक्रिया