
काठमाडौँ, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा केही नेपाली अनलाइनहरुमा सम्प्रेशित भ्रामक सामाचारप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भी ध्यानाकर्षण भएको जनाएको छ ।
ग्लोबल वाच एनालाइसिसूको हवाला दिदैं आएका ति गैरजिम्मेवारीपूर्ण समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक वुधबार एक विज्ञप्ति जारी गर्दै स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको जनाएका छन् ।
‘यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र भएको थापाले स्पष्ट पारेका छन् ।















प्रतिक्रिया