शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बुधबार ओली–प्रचण्ड वार्ताले सहमति निकाल्ने

दैनिक नेपाल २०७७ असार ३१ गते १०:३६

काठमाडौं, ३१ असार । २ साउनका लागि तोकिएको स्थायी समितिको बैठकमा समाधान निस्कने गरी बुधबार नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ताले सहमतिको खाका निकाल्ने बताइएको छ ।

मंगलबार ओली–प्रचण्ड वार्तापछि नयाँ लिखित सहमति हुने तयारी थियो । तर लामो समयसम्म वार्ता नभएका कारण बुधबारका लागि बस्ने तय भयो ।

पार्टी नेतृत्व र प्रधानमन्त्री पदबाट ओलीको राजीनामा माग भएपछि चर्किएको नेकपा विवादले पार्टी बिभाजनसम्मको मोड लिएको थियो । तर ओली–प्रचण्ड दुवै खेमाका दोस्रो तहका नेताको समझदारीका आधारमा नै नयाँ सहमति भएको दाबी गरिन्छ ।

प्रधानमन्त्री ओलीले एक पछि अर्को विवादीत विषयमा बोलेको भन्दै आलोचना पनि हुने गरेको छ । उनले भानु जयन्तीका अवसरमा भगवान राम नेपालमा जन्मिएको भनी दिएको अभिव्यक्ति अहिले विवादमा छ । यद्यपि, नेकपाभित्र यो विवादको असर पर्न नदिने बताइएको छ ।

दुवै अध्यक्षबीचको भेटमा कुटनीतिक सम्बन्धका विषयमा प्रधानमन्त्री ओलीले पार्टीको आधिकारीक धारणाअनुसार मात्र बोल्नुपर्ने कुराकानी हुने बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित