बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

हात्ती धपाउन आफैँले थापेको विद्युतीय पासोमा परेर मृत्यु

दैनिक नेपाल २०७७ असार ३१ गते ८:२६

झापा, ३१ असार । झापा जिल्लाको मेचीनगर नगरपालिका–९ मा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी एक जनाको मृत्यु भएको छ ।

मंगलबार खेतमा पानी मिलाउने क्रममा सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको आफैँले लगाएको विद्युतीय तारबारमा परि करेन्ट लागेर मृत्यु भएको हो ।

मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि सोमबारै दाहसंस्कार गरिएको छ । ११ महिनाअघि मात्र मृतकका दाजु गङ्गा थपलियाको पनि आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी करेन्ट लागेरै मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित