५ कार्तिक २०८३, बिहिबार

वेबसाइटमा अश्लिल भिडियो अपलोड गरेको अभियोगमा पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० असार । पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौँ महानगरपालिका गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा राखेर साइबर अपराध गरेको भन्ने सूचना एवं निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले श्रेष्ठले अनधिकृत रुपमा ब्लुसंसार डटकम नामको पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

निज उपर विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमार्फत म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।