५ कार्तिक २०८३, बिहिबार

ओली-प्रचण्डबीचको छलफल निष्कर्षविहीन, वुधबार फेरि बस्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । सत्तारुढ नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्रको चर्किएको आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको जनाइएको छ ।

छलफलमा केही ठोस सहमति नभए पनि विवाद साम्य पार्ने विषय उठेको बालुवाटार स्रोतले जनाएको छ ।

उनीहरुबीच वुधबार पुनः छलफल हुने बताइएको छ । करिब एक सातादेखि उनीहरुबीच छलफल भएको थिएन भने पार्टीको स्थायी समिती बैठक पनि असार १८ गतेदेखि स्थगित रहेको छ ।