शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नजिक

दैनिक नेपाल २०७७ असार ३० गते १४:१६

नयाँ दिल्ली, ३० असार । भारतमा गत २४ घण्टामा थप २८ हजार ४ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार थपिएकासँगै भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ जना पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोना भाइरसका कारण ५५३ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै २ लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४ सय ८२ जनाको मृत्यु भएको छ ।

दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।

तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ ।

विश्वभरमा सबैभन्दा धेरै संक्रमित हुने मुलुकमा भारत तेस्रो देशमा पर्दछ भने पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित