
काठमाडौँ, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका एक अधिकृत ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
सातौं तहका अधिकृत हुकुमबहादुर ओली ९६ हजार घुससहित पक्राउ परेका हुन् । ओलीलाई आयोग कार्यालय बुटवलबाट खटिएको टोलीले कार्यालयमै घुससहित रंगेहात पक्राउ गरेको हो ।
ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय नगद लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।















प्रतिक्रिया