२ कार्तिक २०८३, सोमबार

रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३० असार । रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। अन्तिम दुई खेल बाँकी रहेको अवस्थामा रियललाई उपाधि जित्न दुई अंक खाँचो छ।

३७औं चरणको खेलमा जित हात पारे रियलले एक खेल अघि नै उपाधि जित्नेछ। रियलले सोमबार राति भएको खेलमा ग्रानडालाई २-१ ले गोलले पराजित गरेपछि उपाधि जित्ने अभियान थप बलियो भएको हो।

ग्रानडाविरुद्ध रियलका फरल्यान्ड मेन्डेले १०औं मिनेटमा पहिलो गोल गरे। करिम बेन्जिमाले १६ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

ग्रानडाका मचिसले ५०औं मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो। अन्तिम दुई खेल बाँकी रहदा रियलले ८३ अंक जोडेको छ। दोस्रो स्थानको बार्सिलोनाले ४ अंकले पछि पर्दै ७९ अंक बटुलेको छ।