शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सुरही सामुदायिक वनको ५ हेक्टरमा वृक्षारोपण

दैनिक नेपाल २०७७ असार ३० गते ७:०२

चन्द्रौटा, ३० असार । एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण गरेको छ । कपिलवस्तुको शिवराज १, रेन्जरपोष्टस्थित एकीकृत सुरही सामुदायिक वनले ५ हेक्टर क्षेत्रफलमा रहेको कुकाठ जातका बुट्यान सरसफाई गरी वृक्षारोपण गरेको हो ।

सामुदायिक वनको खण्ड नं. ३ अन्तर्गत पूर्वपश्चिम सडकखण्ड किनारमा ३ हजार बिरुवा रोपिएको वनका अध्यक्ष गुणानिधी घिमिरेले जानकारी दिए ।

“छिटो हुर्किने र फर्निचरको लागि अति उपयोगी मानिने टिक (सगुन), अमला, अर्जुन जातका बिरुवा रोपेका हौं” –उनले भने । यस अघि राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारी सामुदायिक वन अन्तर्गत उमरीडाँडास्थित पर्यटकीय स्थलमा २सय बढी वृक्षारोपण गरिएको उनले बताए ।

सामुदायिक वनलाई नमूना वनक्षेत्र बनाउन विभिन्न योजनाहरु अघि सारिएको अध्यक्ष घिमिरेले जनाएका छन् ।

वृक्षारोपण कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका केन्द्रीय सदस्य एवं पेट्रोलियम व्यवसायी एशोसियसनका जिल्ला अध्यक्ष ढुण्डीराज अधिकारी, वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित