शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अछाममा २ सय ५८ जनाले कोरोना जिते

दैनिक नेपाल २०७७ असार ३० गते ६:४५

अछाम, ३० असार । अछाममा २ सय ५८ जनाले कोरोना जितेका छन् । स्वास्थ कार्यालय अछामका अनुसार सोमबारसम्म २ सय ५८ जनाले कोरोना जितेका हुन् ।

ढकारी गाउँपालिकामा साेमबार एक जना संक्रमित थपिएसँगै अछाममा कोरोना संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।

साँफेबगर नगरपालिकामा १ सय ५२ जना कोरोना संक्रमित रहेकोमा ७१ जनालाई कोरोना निको भएको छ । रामारोशन गाउँपालिकामा १ सय ४ जना संक्रमित रहेकोमा २ जनालाई कोरोना निको भएको छ भने एक जनाको मृत्यु भइसकेको छ ।

मेल्लेख गाउँपालिकामा १ सय १ जना संक्रमितमध्ये ६४ जनाले कोरोनालाई जितेका छन् । मंगलसेन नगरपालिकामा ६९ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३५, चौरपाटी गाउँपालिकामा ५१ जना संक्रमित रहेकोमा ४९ जना निको भएर घर फर्किएका छन् ।

ढकारी गाउँपालिका २९ जना सक्रमितमध्ये २८ जनालाई कोरोना निको भएको छ । कमलबजार नगरपालिकाका २५ जना निको भएका छन् ।

पञ्चदेवल बिनायक नगरपालिकाका ३, तुर्माखादका १ जनाले कोरोना जित्न सफल भएका स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

अछाममा सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समुहका व्यक्तिमा कारोना संक्रमण देखिएको छ ।

स्वास्थ कार्यालय अछामको तथांक अनुसार जिल्लामा हालसम्म यो उमेर समुहका २१६ जना संक्रमित रहेका छन् ।

२५ देखि ३५ उमेरका १ सय ९६ जना, ३५ देखि ४५ उमेरका ७७, ४५ देखि ५५ उमरेका ३३, ५ वर्षका ३२ जना, ५ देखि १० वर्ष उमेरका २०, ५५ देखि ६५ वर्ष उमेरका १५, १० देखि १५ वर्षका १४ र सबैभन्दा कम ६५ वर्षमाथिका ४ जना संक्रमित रहेका स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित