५ कार्तिक २०८३, बिहिबार

भरुवा बन्दुकसहित एक पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रामेछाप, २९ असार । रामेछाप नगरपालिका ६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापा मगरलाई भरुवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

थापा मगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।