
काठमाडौँ, २९ असार । नेपालमा सोमबार थप १ सय ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षण गत २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यससँगै संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
विगत २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सोमबारसम्म क्वारेन्टिनमा २३ हजार चार सय ७० जना छन् भने आइसोलेसनमा छ हजार छ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार एकै दिन ठूलो संख्यामा कोरोना निको भएका छन् । १ हजार ७ सय ५ जनाले कोरोना जितेर घर फर्किएका हुन् । हालसम्म उपचारपछि निको हुनेको संख्या १० हजार २ सय ९४ जना पुगेको छ ।
यसरी हेर्दा ६०.७ प्रतिशत संक्रमित निको भएका हुन् । भने अहिलेसम्म कोरोनाका कारण ३८ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया