५ कार्तिक २०८३, बिहिबार

तनहुँ बाढीपहिरो : मृत्यु हुनेको संख्या एकै परिवारका ५ सहित ११ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २९ असार । तनहुँमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

आइतबार राती परेको अविरल वर्षाका कारण व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिकामा गरी तीन ठाउँमा पहिरो गएको थियो ।

व्यास नगरपालिका–९, माझकोटमा दुई घर बाढीले परिएको थियो । घर पुरिँदा ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीय अञ्जना थापा, २० वर्षीय राजेश थापा र ६० वर्षीया मैतीकुमारी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

त्यस्तै, मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका २८ वर्षीय भेषबहादुर थापा, २२ वर्षीय महादेव थापा, २० वर्षीया मनिसरा थापा, २८ वर्षीया मिनीमाया थापा र पाँच वर्षीया बालिका अनिसा थापा रहेका छन् ।  रिसिङका पाँचै जना र व्यास नगरपालिकाका तीन जना एउटै परिवारका हुन् ।

त्यसैगरी, म्याग्दे गाउँपालिका–६ का १५ वर्षीया बालिका लक्ष्मी विकको पनि पहिरोमा परी ज्यान गएको छ ।

जिल्लाका खोलाहरुमा बाढी आउँदा स्थानीय सडकहरुमा पनि अवरोध आएको छ । त्यस्तै बाढीले ५ लाख बराबरको कुखुरा पनि बगाएको स्थानीयले बताएका छन् ।