बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

५० हजार घुस लिएको भन्दै इन्स्पेक्टरविरुद्ध मुद्दा

दैनिक नेपाल २०७७ असार २९ गते १६:०२

काठमाडौँ, २९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

कार्कीविरुद्ध आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनले सहजिकरण गरिदिने भन्दै घुस लिएको आयोगले जनाएको छ ।

सेवाग्राहीको उजुरीको आधारमा आयोगको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध पनि ५० हजार मागदाबीसहित मुद्दा दायर गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित