शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुर्खेतमा ४१ सहित कर्णाली प्रदेशमा थपिए ४७ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार २९ गते १५:४९

काठमाडौँ, २९ असार । सुर्खेतका ४१ जनासहित कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जना संक्रमित थपिएका हुन् ।

थपिएका नयाँ संक्रमितमध्ये ४१ जना सुर्खेतका रहेका कर्णाली प्रदेश सामाजिक मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले जनाएका छ । त्यस्तै, रुकुम पश्चिम र दैलेखका दुई/दुईजना र जाजरकोट र बाँकेका एक/एकजना रहेका महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित