शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आइतबार विश्वभर थपिए सर्वाधिक कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार २९ गते १३:५६

काठमाडौँ, २९ असार । आइतबार विश्वभर सर्वाधिक संख्यामा कोरोनाभाइरसका संक्रमितहरु थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि आज २ लाख ३० हजार बढी मानिसमा संक्रमण पुष्टि भएको हो । अधिकांश संक्रमितहरु अमेरिकी महादेशका राष्ट्रहरुमा फेला परेका छन् ।

त्यसपछि दक्षिण तथा दक्षिणपूर्वी एशियामा पुष्टि भएका छन् । तथ्यांकअनुसार अमेरिकी महादेशहरुमा १ लाख ४२ हजार ९ सय ९२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, दक्षिणपूर्वी एशिया ३३ हजार १ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, युरोपमा १८ हजार ८ सय ४ जना थपिएका छन् भने अफ्रिकामा १७ हजार ८ सय ८४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, पूर्वी भूमध्यसागरीय क्षेत्रमा १५ हजार ३ सय ६१ जना र पश्चिमी प्रशान्त क्षेत्रमा २ हजार १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा ५ हजार २ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित