५ कार्तिक २०८३, बिहिबार

लहान अस्पताललाई नमुना अस्पताल बनाउने महतोको भनाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-महेश सिंह

सिरहा, २९ असार । सिरहाको लहान नगरपालिका वाडा नं ३ स्थित रहेको लहान अस्पताल तथा राम कुमार उमा प्रसाद स्मारक अस्पतालको अध्यक्षमा रोहित महतो मनोनयन भएको छ ।

केही महिना देखि विवादमा रहेको अस्पतालमा काम गर्न कठीनाई खेपनु परेको अस्पतालका प्रमुख डाक्टर शुनिल प्रसाद कुशवाहाले बताए ।

राजनीतिको चङ्रुरमा परेको अस्पताल धरासायी भएको थियो । लहान नगरपालिकाको मातहत बाट हटार प्रदेशमा गाभिँदा अस्पतालमा कलाउन समस्या खेपनु परेको कुशवाहाले बताए ।

वडा नं ३ को वडा अध्यक्ष रामदियाल महतोले यस होस्पिटलको १ विगहा १५ धुर जग्गा हाल सम्म दाताकै नाममा रहेकोले होस्पिटलको विकासमा थप बाधा भईरहेको उनले बताए । अध्यक्ष महतोले म आफ्नो कार्यकालमा १०० वेडको सुविधा सम्पन्न होस्पिटल बनाउँछु ।

म यहाँ खालिहात आएको छैन विकास गर्ने उदेश्य र अस्वासनले नै अएको छु । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो नगरपालिका हो सो ठाउँमा रहेको होस्पिटलको अध्यक्षमा मनोनित भईकोमा म धेरै खुशि भएको छु ।

यसमा स्थानीय सबै पक्षको साथ र सहयोगको आशा राखेको छु । कार्यक्रममा जसपाको नेता रामचलितर महतो, मुरारी प्रसाद साह,जितेन्द्र महतो, रामु महतोको उपस्थित रहेको थियो ।

प्रदेश नं २ को जनकपु पछिको दोश्रो ठूलो अस्पतालको नामले चिनिने राम कुमार उमा प्रसाद स्मारकमा विगत केहि महिना देखि अध्यक्ष बिहिन रहेको अस्पतालको मुहार फेरिने तिर उनमुख भएका हुन् ।

प्रदेश नं २ को समाजिक विकास मन्त्रालयको मन्त्री परिषदको निर्णयवाट अध्यक्षमा रोहित महतो सदस्यहरुमा क्रमश गोपाल गुप्ता,पारो देवि पासवान र जग्गा दात परिवार वाट अशोक मुरारकालाई मनोनयन गरिएको छ् । शुक्रबार एक समारोह बीच नब मनोनीत पदा अधिकारीहरुले पदभारको जिम्मेवारी ग्राहन गरेका छ्न ।

समारोहमा जनता समाज वादी पार्टीको नगर अध्यक्ष दिने महतो, मो. आलमले भने २०३५ सालमा स्थापना भएको यो अस्पतालको प्रगति अवको समितिले गर्छ उनले प्रकाश् पारेका हुन् । प्रदेश न २ को नमुना अस्पताल बनाउछु नब अध्यक्ष महतोले बताए ।