बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग आर्सनल पराजित

दैनिक नेपाल २०७७ असार २९ गते ९:४७

लण्डन, २९ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको नर्थ लण्डन डर्बीमा टोटनह्याम विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले आर्सनललाई २–१ ले पराजित गरेको हो । १६ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीको गोलबाट आर्सनलले सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

१९ औँ मिनेटमा सन हेङ्ग–मिनले टोटनह्यामका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा टोबी अल्डरविरल्डले गोल गरी टोटनह्यामको जित निश्चित गरेका हुन् ।

जितपछि आठौँ स्थानको टोटनह्यामको ३५ खेलबाट ५२ अंक भएको छ । यस्तै नवौँ स्थानमा रहेको आर्सनलको ५० अंक छ।

प्रतिक्रिया
सम्बन्धित