१२ कार्तिक २०८३, बिहिबार

वर्षा र पहिराेले विभिन्न सडकखण्ड अवरुद्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २९ असार । पहिरोको कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । साेमबार बिहान विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको हाे ।

लमजुङ–मनाङ सडकखण्डमा पहिरो हटाउन नसक्दा गाडी सञ्चालन हुन सकेको छैन । लमजुङको मस्र्याङ्दी गाउँपालिका ४ र बेशीशहर ६ मा खसेको पहिरो हटाउन सकिएकाे छैन ।

म्याग्दी–जोमसोम सडकखण्डमा पनि गाडी चलेकाे छैन । विभिन्न ठाउँमा पहिरो खसेपछि गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण साँफे–मार्तडी सडकखण्ड पनि अवरुद्ध छ । बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकालेसडकखण्ड अवरुद्ध भएको हो ।

काठमाडाैं जाेड्ने भीमफेदी हुँदै मकवानपुर जाने सडकखण्डमा पनि गाडी चलेका छैनन् । विभिन्न ठाउँमा पहिरो र लेदो माटो बगेर सडक अवरुद्ध भएको छ ।