
काठमाडौँ, २८ असार । साझा पार्टी प्रवक्त डा. सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल पार्टीबाट अलग भएका छन् ।
पार्टी निर्माण एवम् सुदृढीकरणमा सहमति हुन नसकेपछि उनीहरु अलग्गिएका हुन् ।
उनीहरु र पार्टी संयोजक रविन्द्र मिश्रबीच पार्टीलाई कसरी सदृढ गर्ने विषयमा मतभेद हुँदा उनीहरु अलग भएका पार्टीका एक नेताले जनाएका छन् ।
पार्टी एकीकरण–ध्रुवीकरणको बाटो रोज्नु भनेको उल्टो बाटो हुने आचार्य र खनालको तर्क छ । उता संयोजक मिश्र भने विचार मिल्ने पार्टीसँग एकीकरण गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।
पार्टी संरचनामा नबस्ने भएपछि आचार्य र खनाललाई पार्टीले अहिलेसम्म गरेको योगदानप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ । उनीहरुले वैकल्पिक राजनीतिमा भने रहिरहने बताएका छन् ।















प्रतिक्रिया