५ कार्तिक २०८३, बिहिबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्त पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २८ असार । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका ४ घर भएका ४२ वर्षीय हरिशरण खड्कालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रतिवादी गोरे भन्ने चुडामणी उप्रेती समेत भएको अपराधिक समूह स्थापना र संजाल गरी सुन अवैध चोरी निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार प्रतिवादीहरु मध्येका खड्का दुबईबाट हिमालयन एयरलाईन्सको फ्लाईटमा नेपाल आउँदै छन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका खड्कालाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ९ गते ईन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो ।

खड्कालाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको उक्त शाखाले जनाएको छ ।