५ कार्तिक २०८३, बिहिबार

मेसिन पड्केर सेनिटाइजर कम्पनीमा आगो लाग्दा ८ घाइते भएको खुलासा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २८ असार । बालाजुमा एक सेनिटाइजर कम्पनीमा आगलागी भएको छ ।

आगलागीमा ८ जना घाइते भएको बताइएको छ । कम्पनीमा ३ दिनअघि मेसिन पड्किँदा आगो लागेको बताइएको छ ।

घाइते भएका ८ जनामध्ये ३ जना निको भइसकेका र ४ जनाको अवस्था सामान्य रहेको र एक जनाको अवस्था भने गम्भीर भएको जनाइएको छ ।

घाइतको उपचारमा कम्पनीले कुनै चासो नदेखाएको घाइतेले बताएका छन् । आगोले घाइतेहरुको शरीरको केही जलेको बताइएको छ ।

कम्पनी सञ्चालकले घटना लुकाउन खोजेको र कामदारको हेरचाह नगरेको घाइतेले आरोप लगाएका छन् ।

यद्यपि कम्पनीले भने घाइतको पिपल्स कलेजमा उपचार भइरहेको र उपचार खर्च कम्पनीले नै तिर्ने बताएको छ ।