
काठमाडौँ, २८ असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपलालाई दल दर्ताको प्रमाणपत्र दिएको छ ।
जसपा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ बनेको हो । जसपाले गत वैशाख ११ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार संयुक्त विज्ञप्तिमार्फत निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र दिएको जानकारी गराएका हुन् ।
विज्ञप्तिमा निर्वाचन आयोगलाई धन्यवाद साथै आभार व्यक्त गरिएको छ ।















प्रतिक्रिया