
काठमाडौँ, २८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले भारतीय सञ्चारमाध्यमहरुले इमानदारिता नदेखाएसम्म नेपालमा बन्द गर्न अनुरोध गरेका छन् ।
मन्त्री खतिवडाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नैतिक दायराभित्र बस्नुपर्ने बताउँदै केवल सञ्चालकहरुलाई त्यस्तो अनुरोध गरेका हुन् ।
उनले भने, ’सेवा प्रदायकले राष्ट्र, राष्ट्रियता र समाजप्रतिको दायित्व बोध गरेर सेवा प्रतिबन्ध गर्नुभएको छ, उनीहरूले पेशाप्रतिको इमानदारिता प्रदर्शन गरेर नआएसम्म यो कायमै राखिदिन अनुरोध गर्दछु ।’
मन्त्री खतिवडाले भारतीय सञ्चारमाध्यमले राष्ट्रियता, स्वाभिमान र राजनेताको मानमर्दन र दूरासयपूर्ण विषयवस्तु बाहिर ल्याएकोमा सरकारले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जानकारी गराएको उल्लेख गरे ।
’कोभिडसँगै अहिले प्राकृतिक विपदसँग लडिरहेका छौँ, अर्कोतर्फ हामीले राजनीतिक नक्सा अध्यावधिक पनि गरेका छौँ,’ उनले भने, ’सबै नेपालीको एकता यहाँ प्रदर्शित भएको छ, यो एकताबाट कोही तर्सिएको हुन सक्छ ।’















प्रतिक्रिया