
काठमाडौँ, २८ असार । आइतबार थप १ सय ४७ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म ८ हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन् ।
कोरोनाका कारण नेपालमा ३८ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।















प्रतिक्रिया