
काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना पोजेटिभ देखिएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
बच्चन संक्रमणपछि अहिले अस्पतालमा उपचाररत रहेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत बलिउड अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
अमिताभ शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए ।















प्रतिक्रिया