
काठमाडौँ, २८ असार । रुपन्देहीमा आजदेखि सार्वजनिक बस सञ्चालनमा आएको छ ।
कोरोनाभाइरस संक्रमणका कारण भएको करिब साढे ३ महिनाको लकडाउनपछि पहिलोपटक लुम्बिनी मेट्रोसिटी प्रालिले बस सञ्चालनमा ल्याएको हो ।
आइतबार विहानदेखि गोलपार्कबाट भैरहवासम्म ४६ सिटे बस चल्न थालेका हुन् ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर दैनिक ८ वटा वातानुकूलित बस चलाउन थालिएको कम्पनीले जनाएको छ । बस आधा घण्टाको फरकमा चलाइने जनाइएको छ ।
बसमा सहचालकलाई पीपीई र थर्मल गनको व्यवस्था गरिएको छ । उनले यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरेर यातायात सेवा सुरु गरिएको हो ।
त्यस्तै, सम्पर्कको लागि सहज होस् भनेर यात्रुको नाम ठेगाना र मोबाइल नम्बर टिपोट गर्ने व्यवस्था पनि गरिएको छ । बस चलाउनु अघि पूर्णरुपमा डिस्इन्फेक्सन गरिने आधामात्रै यात्रु राखेर सामाजिक दुरी कायम गरेर चलाइने भएको हो ।
सरकार नै अप्ठ्यारो परेको यस विषम घडीमा सहयोगका लागि मापदण्ड पूरा गरेर बस सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया