बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

पार्टी फुट्न दिइने छैन : अध्यक्ष प्रचण्ड

दैनिक नेपाल २०७७ असार २८ गते १४:४३

काठमाडौँ, २८ असार । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट नफुट्ने बताएका छन् ।

चितवनमा कार्यकर्तासँगको एक कार्यक्रममा उनले अहिले पार्टी फुट्ने अवस्थामा नरहेको बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘मलाई कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै मैले तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको हो ।’ त्यस्तै, नयाँ नक्सा पारित गराउने स्थायी कमिटीबाट सर्वसम्मत गराएको उनले बताए ।

उनले भने, ‘अहिले पार्टीमा कोही राष्ट्रवादी र कोही राष्ट्रघाती भने देखाउन खोजिएको छ, यहाँ कोही राष्ट्रघाती र केही राष्ट्रवादी भन्ने छैन । मिलेरै नक्सा बनाएको हो । मिलेरै काम गरेको हो । सरकारलाई सबैले धन्यवाद दिएकै छन् । अहिले पार्टीभित्र मुर्दावाद र जिन्दावाद किन ? विभाजन हुन दिइने छैन ।’

प्रतिक्रिया
सम्बन्धित