बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

चितवनको सौराहा क्षेत्र डुबानमा

दैनिक नेपाल २०७७ असार २८ गते १४:३४

फाइल तस्वीर

काठमाडौँ, २८ असार । चितवनको सौराहा नजिकका होटल र रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।

रत्ननगर नगरपालिकाको वडा नम्बर ७ र ८ खगेरी खोलामा आएको बाढी पस्दा डुबानमा परेको नगरपालिकाले जनाएको छ ।

खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाती छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बीगबोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेका छन् ।

बाढीले वडा नम्बर ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ । रत्ननगर–७ मा रहेको रमाइलो डाँडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।

केही दिनदेखि भएको अविरल वर्षाका कारण उक्त क्षेत्र डुबानमा परेको हो । जिल्लाको विपद व्यवस्थापनले सौराहा क्षेत्र जोखिममा रहेको जनाएको छ । आवश्यक उद्धार तथा सतर्कताका लागि कदम चालिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित