बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

गैँडाकोटका ३ वडामा ५ सय घर डुबानमा

दैनिक नेपाल २०७७ असार २८ गते १३:४८

फाइल तस्वीर

काठमाडौँ, २८ असार । अविरल वर्षाका कारण नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा घरभित्र पानी पसेको छ ।

नगरपालिकाका १, २ र ४ नम्बर वडाका करिब पाँच सय घरमा पानी पसेको हो । सबैभन्दा बढी २ मिटरसम्म डुबान भएको छ ।

भारी वर्षाले जम्मा भएको पानीले निकास नपाउँदा घर डुबान भएको स्थानीयले जनाएका छन् । नगरपालिकाकाले डोजर प्रयोग गरेर पानीलाई निकास दिन खोजेको बताइएको छ ।

घरभित्र पानी पसेपछि लुगाफाटा तथा खाद्यान्न बिग्रिएको स्थानीयले बताए ।

धान र मकैबाली पनि डुबानमा परेको छ । प्लटिङ गरेको जग्गामा निकास नछोड्दा डुबान भएको हो ।

प्रतिक्रिया
सम्बन्धित