बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

माडीमा प्रचण्ड ‘प्रताप’

निर्वाचन क्षेत्रभित्रको फरक विशेषता र महत्व बोकेको स्थानमा नेकपा अध्यक्ष

दैनिक नेपाल २०७७ असार २८ गते १०:०७

काठमाडौं, २८ असार । राजनीतिक गतिरोधका कतिपय विषयलाई थाँती राख्दै शनिबार चितवनस्थित निर्वाचन क्षेत्र पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामाझ केही वाचा गरेका छन् ।

बर्षा र बाढीको बिनाशलिलाबीच निर्वाच क्षेत्र पुगेका प्रचण्डले फरक विशेषता र महत्व बोकेको माडीका जनतासँग प्रत्यक्ष कुराकानी गरेका हुन् । उनले माडीको विकासका निम्ति केही वाचा गरेका छन्, कतिपय योजनाको विवरण पनि खुलेरै सुनाएका छन् ।

जनता दङ्ग छन् । प्रचण्डले सत्तारुढ दलको अध्यक्ष हुनुको प्रताप निर्वाचन क्षेत्रमा देखाउन भ्याए । चितवन क्षेत्र नं– ३ मा पर्ने माडी क्षेत्रमा दीर्घकालीन महत्वका काम गरेरै छाड्ने प्रचण्डको प्रतिबद्धता छ ।

बाढी र डुबानको चपेटामा परेका क्षेत्र निरीक्षण गर्न माडी पुगेका अध्यक्ष प्रचण्डले अबका बाँकी समयमा माडीले नबिर्सनेगरी अहोरात्र काम गर्ने बचनबद्धता गरे । ‘सांसद मात्र होइन, नेकपाको नै खम्बा आफ्नो क्षेत्रमा आएर यसरी जनतासँग प्रत्यक्ष जोडिएर बचन दिनुले काम हुन्छ भन्ने उत्साह जागेको छ’, स्थानीय भन्छन्,‘माडी प्रचण्डको नेतृत्वमा नै विकासको अग्रगतिमा जान चहान्छ ।’

त्यसो त प्रचण्डले प्रताप छाड्नका लागि प्रष्ट भाषामा बोलिदिए । उनले भने,‘मैले अरु सामान्य सांसदले जस्तै केही सामान्य काम गरेर मात्रै सुख पाउँदिनँ, केही गरेरै देखाउनु छ । माडीमा केही न केही विकासका दीर्घकालीन आधारशिला खडा गर्नु छ, यहाँका जनताले भविष्यमा समेत सम्झिने काम गर्नु छ ।’

उनले रिउ करिडोरमा रिङरोडको काम तुरुन्तै सुरु हुने आश्वासन पनि दिए । उनले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा आकाशे पुलका लागि डीपीआर र अन्य अध्ययनका लागि एक करोड रकम विनियोजन गरेर काम अघि बढेको बताए ।

माडीको प्रमुख समस्याका रुपमा रहेको निकुञ्ज सम्बन्धी ऐनलाई संशोधन गर्न दिन–रात लागिपरेको र त्यसको ड्राफ्टसमेत तयार भएको प्रचण्डले बताए । माडीका जनतालाई सुविधा होस् भनेर २३ किलोमिटर सडकभित्र १२ वटा पुल निर्माणको काम थालनी गरिएको प्रचण्डले खुलाए ।

एउटा औपचारिक र कतिपय अनौपचारिक भेटघाटमा प्रचण्डले माडी क्षेत्रमा हुन थालेका कामका विषयमा उल्लेख्य जानकारी दिए । सुकुम्बासी समस्या समाधानका निम्ति जनता आवासमार्फत ६ सय घर बनाउने काम सुरु भएको जानकारी प्रचण्डले दिए ।

प्रतिक्रिया
सम्बन्धित