बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कपिलबस्तुमा गणतन्त्र विपक्षमा शिव सैनिकले निकाले राँके जुलुस

दैनिक नेपाल २०७७ असार २८ गते ९:४१

कपिलबस्तु, २८ असार । गणतान्त्रिक व्यवस्था जनताले नरुचाएको भन्दै शिव सेना नेपालले कपिलबस्तुमा राँके जुलुस निकालेको छ । शनिबार राती निकालेको जुलुसमा उल्लेख्य संख्यामा शिव सैनिकको सहभागीता रहेको थियो ।

‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता मान्दैनौं,गणतन्त्र जान्दैनौं’ ‘शिव सेना जिन्दावाद,’ ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा जुलुस लगाइएको थियो ।

शिव सेना नेपालका केन्द्रीय सदस्य अनिल जयसवाल, कपिलवस्तुका जिल्ला अध्यक्ष भिष्म ढुंगाना, नगरअध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा राँके जुलुस निकालिएको थियो ।

अहिलेको व्यवस्थाले मुलुकको अस्तित्व संकटमा पारेपछि विभिन्न जिल्लामा शिव सैनिकहरु गणतन्त्रको विपक्षमा उभिएको अध्यक्ष अनिल बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित