शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आईजी थापाको पहिलो एक्शन : अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराउने चार डाक्टर पक्राउ

दैनिक नेपाल २०७७ असार २८ गते ८:३७

काठमाडौं, २८ असार । चितवनको भरतपुर मेडिकल कलेजमा अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको अभियोगमा चार जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंस्थित मानब बेचविखन व्युरोको टोलीले चितवन पुगी डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारीलाई पक्राउ गरेको हो ।

यस काममा सहयोग गरेको भनी जिल्ला प्रशासन कार्यालय चितवनका एक बरिष्ठ कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको बताइन्छ ।

कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर गैर कानुनी हिसाबमा मिर्गौला प्रत्यारोपण गरेको बताइएको छ ।

लामो समयसम्म ब्युरोले अनुसन्धान गरेको उक्त प्रकरणमा डाक्टरहरूलगायत पक्राउ गर्नका लागि नवनियुक्त आईजी शैलेश थापा क्षत्रीले निर्देशन दिएका थिए । कलेजका संचालक  भी नटराज  र नगेन्द्र कम्पाटी हुन् ।

प्रहरीले यस प्रकरणमा संलग्नता रहेका अन्य विविध पाटोलाई समेत निगरानीमा राखेको छ । सो विषयमा पर्याप्त प्रमाणसहित नियन्त्रणमा लिइएकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित