शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सतर्क रहन मौसम पूर्वानुमान महाशाखाकाे अपील, आज पनि देशभरि वर्षा हुने

दैनिक नेपाल २०७७ असार २८ गते ७:०६

काठमाडौं, २८ असार । मौसम पूर्वानुमान महाशाखाले आइतबार सतर्क रहन आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित