शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

३३ किलो सुनकाण्डका आरोपी पक्राउ

दैनिक नेपाल २०७७ असार २७ गते २१:५४


काठमाडौँ, २७ असार । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन्। अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए । उनका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

उनी पछिल्लो समयमा यूएई बस्दै आएका थिए । –रासस

प्रतिक्रिया
सम्बन्धित