शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भरतपुर मेडिकल कलेजका डाक्टरसहित एक अधिकृत पनि पक्राउ परेको खुलासा

दैनिक नेपाल २०७७ असार २७ गते २१:४७

सांकेतिक तस्वीर

काठमाडौँ, २७ असार । भरतपुर मेडिकल कलेजका ३ जना डाक्टरसँगै जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत पनि पक्राउ परेका खुल्न आएको छ ।

जिल्ला प्रशासनका अधिकृत रामचन्द्र ढकालले उनीहरुलाई कागज मिलाउन सहयोग गरेको प्रहरीले आरोप छ ।

अवैध रुपमा मृगौला प्रत्यारोपणको आरोपमा प्रहरीले शनिबार साँझ मेडिकल कलेजका ३ जना डाक्टरलाई पक्राउ गरेको थियो ।

मानव बेचविखन अनुसन्धा ब्युरो काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने डाक्टरमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती रहेका छन् ।

उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको आरोप रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित