शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जनताको विश्वास गुम्न दिनु हुन्न : अध्यक्ष प्रचण्ड

दैनिक नेपाल २०७७ असार २७ गते २१:१७

काठमाडौँ, २७ असार । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वा गुम्न नदिने बताएका छन् ।

गृह जिल्लामा चितवनमा एक कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टीलाई एक गराउन जनताले साथ दिएको भन्दै जनताको विश्वास कसैले पनि गुम्न दिन नहुने बताएका हुन् ।

उनले भने, “पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।” अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताए ।

उनले थपे, “कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ ।” उनले भने, “प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।”

कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गरे । कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उनको भनाइ थियो । सो अवसरमा उनले कोरोना सँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताए । यद्यपि सचेत भने हुनुपर्ने उनको भनाइ थियो ।

आजै दाहालले बाढीले बगाएर मृत्यु भएका व्यक्तिको घरमा पूर्व सिंह तामाङको घरमा पुगेर जानकारी लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित