शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

म्याग्दी पहिरो : मृत्यु हुनेको संख्या २७ पुग्यो, ९ सयलाई सुरक्षित स्थानमा लगियो

दैनिक नेपाल २०७७ असार २७ गते २०:१४

फाइल तस्वीर

काठमाडौँ, २७ असार । म्याग्दीको पहिरोमा परेर मृत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

अविरल वर्षाका कारण शुक्रबार गएको पहिरोमा अझै ४ जना हराइरहेका छन् भने १२ जनाको पोखरा, बेनी र काठमाडौँका अस्पतालमा उपचार भइरहेको छ ।

पहिरो जिल्लाको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा गएको थियो । धवलागिरी गाउँपालिकामा मात्रै १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

पहिरोमा परि मृत्यु हुनेमा धवलागिरी–६ मराङ्गका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरा मति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जाली रहेका छन् ।

त्यस्तै, मालिका–७ विमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपालीको पनि पहिरोमा पुरिएर मृत्यु भएको हो । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो ।

मराङको रिखको पहिरोमा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन् ।

पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरी–६ कल्लेनीकी जनीमा केसी, सविन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।

जिल्लामा पहिरोका कारण ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित