५ कार्तिक २०८३, बिहिबार

भरतपुर मेडिकल कलेजका ४ जना डाक्टर पक्राउ, अवैध मृगौला प्रत्यारोपण गरेको आरोप

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २७ असार । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ ।

यद्यपि यसको विषयमा प्रहरीले आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने बुझिएको छ ।

प्रहरीले मेडिकल कलेजका सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायत रहेको जनाइएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको विशेष स्रोतले जनाएको छ । उनीहरुलाई लामो समयको अनुसन्धापछि पक्राउ गरिएको जनाइएको छ ।

चितवनको पुरानो मेडिकल कलेजको रुपमा सो अस्पताल परिचित रहेको छ ।