बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

दैनिक नेपाल २०७७ असार २७ गते १७:५३

काठमाडौँ, २७ असार । नेपालमा शनिबार थप ७० जना थपिएसँगै कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन् ।

बिपी थपिएका संक्रमितहरु झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४/४ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै, मोरङका ३, धादिङका २, काठमाडौँका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कोरोना पुष्टि भएको छ ।

चितवनका १, सिन्धुली र रौतहटका १/१, पाटन अस्पताल ललितपुरमा धादिङ, पर्वत र स्याङ्जाका १/१ जनामा कोरोना भेटिएको छ ।

त्यसैगरी, बागलुङका ३, तनहुँका ४, स्याङ्जाका ३ र म्याग्दीका २, कास्कीका २, पाल्पाका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बाँके, बर्दिया र दाङका २/२, दाङका ३, रुकुम पश्चिमका १, सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना भेटिएको छ ।

यस्तै, जुम्लाका २, अछामका १ र कञ्चनपुरका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित