५ कार्तिक २०८३, बिहिबार

नेपालमा आधा भन्दा बढी कोरोना संक्रमित निको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ असार । नेपालमा आधाभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।

गएको २४ घण्टामा थप ४ सय ३१ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४ सय ४२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५०.५ प्रतिशत कोरोना संक्रमित मध्ये निको भएको बताए ।

त्यस्तै, शनिबार थप ७० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ ।